राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक पुन: अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले आइबार जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम(३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका छन् ।

प्रकाशित मिति : २०७८ माघ १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस