टिकाराम खड्काले राजनितिवाट लिए विश्राम

दाङ । दाङका कम्युनिष्ट आन्दोलनका नेता टिकाराम खड्काले राजनीतिक विश्राम लिएको अभिव्यक्ति सार्वजनिक गरेका छन् । नेकपा एमाले दाङका निवर्तमान अध्यक्ष समेत रहेका खड्काले सामाजिक सञ्जाल आफ्नो फेसबुक मार्फत सार्वजनिक गदै राजनीतिक यात्राबाट विश्राम लिएको उल्लेख गरेका हुन् । २० वर्षको उमेरमा विद्यार्थी सङ्गठनमा कम्युनिष्ट आन्दोलन, किसान आन्दोलनमा सहभागी हुँदै कम्युनिष्ट पार्टी संगठन निर्माणमा क्रियाशील भई लागेको उनले बताएका छन् ।
राजनीतिक आन्दोलनमा सहभागी हुँदै गर्दा ८ महिना जेल बस्नु परेको स्मरण गदै उनले विभिन्न समयमा भएका आन्दोलनमा धेरै संघर्ष गर्नुपरेको बताएका छन् । दाङ कम्युनिष्ट आन्दोलनको उर्वर भूमि भएको र इतिहासलाई अध्ययन गर्दा दोस्रो र तेस्रो स्थानमा पर्ने उनले उल्लेख गरेका छन् । साथै उनले कम्युनिष्ट आन्दोलनका हिसाबले दाङ दोस्रो तथा तेस्रो परेपनि किसानहरूको आन्दोलनका हिसाबले अग्रपङ्क्तिमा रहेको उल्लेख गरेका छन् ।
यस्तो जिल्लामा जन्मिएर समाजिक मुक्ति आन्दोलनको सहयात्री हुन पाएकोमा आफू खुशी भएको उनले बताएका छन् । २०३५/३६ सालको पञ्चायत विरोधी आन्दोलनको राप चापले परिवर्तनको पक्षमा अग्रपङ्क्तिमा रहेको र १६ वर्षकै उमेरमा २०३९ सालदेखि भूमिगत राजनीतिकमा लागेको उनले बताएका छन् ।
फेसबुकमा यस्तो लेखेका छन्, उनले फेसबुकमा दाङ कम्युनिष्ट आन्दोलनको उर्वर भूमि हो । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई अध्ययन गर्दा दोस्रो र तेस्रो स्थानमा पर्दछ । दाङको किसान आन्दोलन पनि जेठो छ । यस्तो जिल्लामा जन्मिएर हुर्केर समाजिक मुक्ति आन्दोलनको सहयात्री हुन पाउँदा गर्व अनुभुति भएको छ । म २०३५/०३६ सालको पञ्चायत विरोधी आन्दोलनको राप चापले परिवर्तनको पक्षमा आकर्षण भए । सुरुमा अनेरास्ववियु अनेकिसंघको माध्यमबाट सामेल हुने अवसर मिलेको थियो।
२०३९ देखि भूमिगत गतिविधि पार्टी सम्पर्कमा रहि राजनीतिमा उमेरको १६ वर्षमै होमिए । २०४२ सालमा अनेरास्ववियु दाङ जिल्ला कमिटी सदस्य र सहसचिव हुँदै गर्दा आठ महिना जेल बस्नु पर्याे । त्यसपछि २०४४ साल देखि २० वर्ष उमेरमा पार्टी राजनीतिमा क्रियाशील भए । दाङ रोल्पा रुकुम सल्यान र प्यूठान मा पार्र्टी र जनसंगठन को जिम्मेवारी लिएर काम गर्ने मौका मिलेको थियो । दाङमा पनि २०५७ साल देखि पार्टी जिल्ला कमिटी मा आज का दिनसम्म संक्रिय राजनीतिमा क्रियाशील रहे ।
त्यो पूर्व २०४७ सालमा बैशाख ९ गते देखि २०५६ माघ सम्म रोल्पामा पूर्ण पेसेवर कार्यकर्ताको रुपमा पार्टी संगठनको जिम्मेवारी लिएको थिए । आज म ज्यादै खुसी छु संगठनको काम गर्दा सबै मित्रको निकै ठुलो सहयोग पाए । म सबै लाई धन्यवाद र कृतज्ञता प्रकट गर्दछु । नेकपा एमाले दाङ को १३ औ जिल्ला अधिवेशनलाई भव्य र सव्य सफल पार्न सहयोग गर्ने सहयोगी मित्रहरूलाई आयोजकका नाताले धन्यवाद दिन चाहन्छु । र आजैका दिनदेखि राजनीतिक यात्रा विश्राम लिने निर्णय मा पुगेको जानकारी गराउन चाहन्छु ।