श्रद्धाञ्जली सभा सम्पन्न

घोराही । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र घोराही १४ वडा कमिटीको आयोजनामा श्रद्धाजली सभा सम्पन्न भएको छ । कमिटीका सदस्य सुन्दर नेपालीका भतिजा स्वर्गीय सुभाष नेपालीको ७औं पुन्य तिथिमा आज शोक सभा सम्पन्न भएको हो ।
माओवादी केन्द्र घोराही १४ वडा कमिटीका सदस्य सुन्दर नेपालीको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य निर्माल आचार्यको प्रमुख आतिथ्यता तथा प्रदेश सदस्य पुनम शेरपाईलीको विशिष्ठ आतिथ्यतामा श्रद्धाजली सभा सम्पन्न गरिएको हो ।
प्रमुख आतिथ्यमा आचार्यले स्वर्गीय नेपालीको निधनले पार्टीलाई अतुलनीय क्षती पुगेको बताएका थिए । कार्यक्रमको सहजीकरण कमिटीका सचिव अनिल शेरपाईलीले गरेका थिए ।
प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस