पार्टी बिभाजनमा लाग्ने समूहलाई ढिलो चाँडो पछुताउनुपर्ने : ज्ञवाली

घोराही । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पार्टी बिभाजनमा लाग्ने माधव, झलनाथ समुहलाई ढिलो चाँडो पछुताउनुपर्ने बताए । नेकपा एमाले दाङको १३औं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उपाध्यक्ष ज्ञवालीले पार्टीलाइ कमजोर बनाउने र पद लोलुपताले पार्टी बिभाजन गर्नेहरु छिट्टै पछुताउनु पर्ने बताए ।
पार्टी भित्रको विचारलाई विवादको रुपमा खडागरि एमालेबाट भागेर जानेले कुनै उपलब्धि गर्न नसक्ने बताए । रिसको झोकमा घर छोड्दा माधव (झलनाथ समुहले दुस्ख पाउने उनको भनाइ छ । नेकपा एमाले समाजवादको यात्रामा अघि बढेको र श्रमजीवीको न्याय र मुक्तीका लागि स्थापित पार्टी भएको धारणा व्यक्त गरे ।
एमालेका पोलिटव्यूरो सदस्य नरुलाल चौधरीले एजेन्डा बिहिन गठबन्धनले जनताको हित नगर्ने बताए । आफुलाई शक्तिशाली भन्ने कांग्रेस पनि माओवादीको एजेन्डामा अघि बढेर पतनको दिशातिर लागेको टिप्पणी गरे । अर्का पोलिटव्यूरो सदस्य शान्ता चौधरीले एमाले आफैमा सक्षम भएको भन्दै एक्लै हिड्न सक्ने सामथ्र्य भएको बताए । एमालेको लोकप्रियता देखेर अत्तालिएर विपक्षीले पाँच दलित गठबन्धन गरेको टिप्पणी गरे ।
एमालेले ल्याएका विकास एजेन्डाहरुलाइ गठबन्धन सरकारले खारेज गरि जनघाती काम गरेको आरोप लगाए । अर्का वक्ता केन्द्रीय अनुशासन आयोगका सदस्य छविलाल वलीले चुनौतिका बिरुद्ध एकता आवश्यक रहेकोमा जोड दिए । आन्तरिक, बैचारिक, सांगठनिक एकताले मात्रै एमालेको भविष्य जीवन्त हुने बताए ।

पार्टी अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन कार्यक्रममा उपाध्यक्ष हुकुमबहादुर बस्नेतले स्वागत गरेका कार्यक्रमको सञ्चालन सचिव मनोहर बुढाथोकीले गरेका थिए । राष्ट्रिय जनसांस्कृतिक महासंघका कलाकारले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
अधिवेशनले एक अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र कोषाध्य गरि १२१ सदस्यीय कमिटी निर्वाचित गर्ने छ भने १० जना मनोनित गरिने छ । अधिवेशनमा १ हजार ६ सय प्रतिनिधि सहभागी छन ।