तुलसीपुर खानेपानी : अध्यक्षमा भण्डारी

तुलसीपुर । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनकालागि भएको निर्वाचनको मतपरिणाम अनुसार ९ दलिय गठबन्धनले कोषाध्यक्ष बाहेक अन्य पदमा जित हात पारेको छ । ९ दलका आधिकारिक उम्मेदवारलाई एउटा समूहको प्रतिनिधित्व गर्ने भनिएका उम्मेदवारहरुले नै राम्रो मत प्राप्त गरेका छन् । गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले २१९ मतान्तरले आफ्ना निकटतम प्रतिद्वन्दी पबन कुमार बुढाथोकीलाई हराएका छन् । काँग्रेसका तर्फबाट उम्मेदवार बनेका भण्डारीले १९८६ मत प्राप्त गरेका थिए, भने उनका निकटतम प्रतिद्वन्दी काँग्रेसकै बागी उमेदवार बुढाथोकीले १७६७ मत प्राप्त गरेका थिए । दुबै यातायात व्यबसायी हुन् । भण्डारी काँग्रेसमा दीपक गिरी निकट मानिन्छन्, भने बुढाथोकी गेहेन्द्र गिरी निकट हुन् ।
त्यस्तै अध्यक्षकै अर्का उम्मेदवार दीपक कुमार धितालले २६४ मत प्राप्त गरेका छन् । उनी काँग्रेस बीपीका नेता हुन् । खानेपानीका पूर्व सचिब समेत रहेका धिताल यस अघिको निर्वाचनमा काँग्रेसले अध्यक्षको टिकेट नदिएपछि विद्रोह गरेर अध्यक्षकै उम्मेदवारी दिएका थिए । त्यतिबेला पनि सबै भन्दा न्यून मत ल्याएका उनले पार्टीबाट समेत बिद्रोह गरेर काँग्रेस बीपी भएका थिए ।
माओवादीको भागमा परेको उपाध्यक्ष पदमा सिताराम शर्मा आधिकारीक उम्मेदवार थिए । उनको ठाउँमा पनि काँग्रेसकै गेहेन्द्र गिरी निकट मानिने हालका उपाध्यक्ष गिरीधारी पौडेललाई विद्रोही उम्मेदवार बनाईएको थियो । तर, पौडेललाई शर्माले ७ सय ८७ मतान्तरले हराएका थिए । शर्माले २२७२ मत प्राप्त गरेका थिए, भने उनका निकटतम प्रतिद्वन्दी पौडेलले १४८५ मत प्राप्त गरेका थिए । यस्तै उपाध्यक्षका अर्का उम्मेदवार पूर्णप्रसाद धितालले ७१ मत ल्याएका थिए । उनी पनि काँग्रेस निकट हुन् ।
त्यस्तै सचिबमा एमालेको भाग परेको थियो । एमालेका सेवकराम भण्डारी आधिकारीक उम्मेदवार रहेपनि बागी उम्मेदवारका रुपमा दामोदर लामिछाने रहेका थिए । लामिछानेलाई भण्डारीले २१५४ मतले पछि पार्दै बिजयी हाँसिल गरेका थिए । सबैभन्दा लोकपृय मत भण्डारीलाई प्राप्त भएको थियो । उनले २ हजार ८ सय ३८ मत ल्याएका थिए, लामिछानेले ६८४ मत मात्रै प्राप्त गरेका थिए ।
कोषाध्यक्षमा भने गठबन्धनका उम्मेदवारले जित हात पार्न सकेनन् । विद्रोही समूहबाट निर्वाचनमा होमिएका भोला थापाले गठबन्धनका उम्मेदवार भद्रबहादुर वलीलाई १८६ मतान्तरणले पछि पार्दै विजयी हाँसिल गरेका थिए । काँग्रेसको गेहेन्द्र गिरी निकट रहेका थापाले १७०२ मत प्राप्त गरेका थिए, भने गठबन्धनका उम्मेदवार विप्लव नेकपाका वलीले १५१६ मत प्राप्त गरेका थिए । त्यस्तै कोषाध्यक्षमा जम्मा ४ जनाको उम्मेदवारी परेको थियो । ति मध्ये माओवादी केन्द्रका कर्णबहादुर वलीले आफ्नो समर्थन आधिकारिक उम्मेदवार भद्रबहादुरलाई रहेको भनि विज्ञप्ति जारी गरेका थिए । तर, पनि उनलाई ८७ मत प्राप्त भएको थियो । अर्का उम्मेदवार मेघराज न्यौपानेले ३०४ मत प्राप्त गरेका थिए ।

सदस्यहरुमा गठबन्धनका आधिकारिक उम्मेदवार एकीकृत समाजवादीका पदमबहादुर खड्काले २०७८ मत प्राप्त गरेका थिए, भने राप्रपाका लक्ष्मण केसीले २५६४ मत प्राप्त गरेका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार शोविन्द चन्दले १३११ मत प्राप्त गरेका थिए । श्निबा मतदान भएको थियो । उक्त मतदानबाट ४४०५ मत मात्रै खसेको थियो । खानेपानीको जम्मा मतसंख्या ७६६७ रहेको थियो ।

प्रकाशित मिति : २०७८ पुष १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस