तुलसीपुर खानेपानीको चुनाव : चार हजार ४०५ मत खस्यो, मत गणना आजै गर्ने तयारी

दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । निधारित समयभन्दा केहीबेर ढिला शुरु भएको मतदान ५ बजे सकिएको निर्वाचन समितिले जनाएको छ ।

संस्थामा ७ हजार ४ सय ६७ जना मतदाता रहेकामा ४ हजार ४ सय पाँच मत मात्रै खसेको समितिले जानकारी दिएको छ । मत गणना आजै हुने भएकोले मत गणनाका लागि तयारी भैरहेको निर्वाचन समितिले बताएको छ । शनिबार तुलसीपुरको अरनी मैदानमा बिहान साढे ८ बजेदेखि मतदान सुरु भएको थियो । संस्थाको नेतृत्वका लागि महिला सदस्य बाहेक अन्य पदाधिकारीका निर्वाचन हो ।

तुलसीपुरका ९ राजनीतिक दलहरुको समर्थनमा यमकान्त भण्डारीको प्यानल चुनावी मैदानमा रहेको थियो । भने अध्यक्षमा कांग्रेसबाटै बागी उम्मेद्धार पवनराज बुढाथोकी र विपि कांग्रेसबाट दिपक धिताल पनि चुनावी मैदानमा थिए ।

त्यस्तै उपाध्यक्षमा ३ जना, सचिवमा दुई जना, कोषध्यक्षमा चार जना र खुला दुई सदस्यमा तिन जनाको प्रतिस्पर्धा भएको हो ।

प्रकाशित मिति : २०७८ पुष १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस