सवैका प्रिय सिताराम

तुलसीपुर । प्रायजसो खेलकुद तथा सामाजिक क्षेत्रमा क्रियाशील तुलसीपुर उपमहानगरपालिका—६ निवासी सिताराम शर्माको लत पछिल्लो समय पानीमा छ । उनी भोलि शनिबार सम्पन्न हुने तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् । उनी यस अघि पनि संस्थामा कोषाध्यक्षको जिम्मेवारीमा रहँदा तुलसीपुर खानेपानीको आर्थिक जिम्मेवारी मात्र सम्हालेनन्, उनले पानीको कोषको बारेमा पनि निकै गहिरिएर नजर अन्दाज गरेका छन् ।

दुई कार्यकाल खानेपानीमा जिम्मेवारी सम्हाली सकेका सितारामलाई यसपाली चुनाव चिन्ह फुटबल परेको छ । खेलकुद प्रेमीलाई फुटबल चुनाव चिन्ह पर्नु आफैमा पनि लक्कि संकेत हो । अब उनको लत पानीमा बसेको छ ।

उपभोक्तालाई आगामि ५ वर्षसम्म कति खानेपानी आवश्यक पर्छ, मुहानहरु कहाँ कहाँ हुन सक्छन् र मुहानको पानी उपभोक्ताका धारासम्म ल्याउन केकस्ता योजना आवश्यक पर्छन भन्नेमा पनि सिताराम गहन रुपमा नियालिरहेका छन् । ‘मलाई चुनाव जिताउन उपभोक्ताहरु निकै आतुर छन्, खालि उनीहरुले मतदानको समय मात्रै पर्खिरहेको अवस्था छ’, आफ्नो विजय सुनिश्चित गर्दै सिताराम भन्छन् ।

यसअघि राप्ती सार्वजनिक यातायात व्यवसायी समितिको कार्यालय प्रमुखको जागिर बाहेक उनले अधिकांश समय खेलकुद क्षेत्र, तथा सामाजिक क्षेत्रमै खर्चिए । जिल्ला खेलकुद विकास समिति दाङको पूर्व कोषाध्यक्ष, टेवलटेनिस संघको कोषाध्यक्षको भूमिकामा काम गरिसकेका शर्माले तुलसीपुरमा कभर्डहल निर्माणमा पनि अतुलनीय भूमिका निर्वाह गरे ।

कभर्डहल निर्माणका लागि जग्गा संरक्षण गर्नेदेखि लिएर तुलसीपुरको गौरवकैरुपमा रहेको अरनिको मैदानलाई चारैतिर पर्खाल निर्माण गरी संरक्षणको अगुवाइमा पनि सितारामको भुूमिकालाई आम तुलसीपुरबासीले बुझेका छन् । पछिल्लो समय तुलसीपुर खानेपानीको कोषाध्यक्षमा रहँदा पनि उनी उपभोक्ताका निकै लोकप्रिय बनेका पनि छन् ।

‘उनले दशै तिहार भनेर कहिल्यै विदा बसेनन्, मलाई याद छ, गएको दशैको अघिल्लो दिन धारामा पानी आएन भनेर जानकारी गराउँदा प्लम्वर सहित मेरो घरमा आएका थिए’, तुलसीपुर खानेपानीका एक उपभोक्ताले अभिव्यक्ति दिए ।

उनले प्रतिस्पर्धी गिरीधारी प्रसाद पौडेललाई भारी मतले हराउने बताएका छन् । ‘उहाँसँग चुनाव लड्ने इच्छा थिएन, सहमतिमै नेतृत्व चयनका लागि मैले उम्मेदवारी दिएको हुँ, सबै दलले मलाई नै उपाध्यक्षमा रोजेपछि मैले के गरुँ’, सीतारामले प्रतिस्पर्धी गिरीधारीलाई यसरी भनेका छन् । सहमतिमै नेतृत्व चयनका लागि आफुले उपाध्यक्षमा उम्मेदवारी दिएर सर्वदलीय टिमको प्रचार प्रसारमा जुटेको पनि सितारामको अभिव्यक्ति थियो ।

सितारामको चुनाव चिन्ह फुटबल हो । ह्याट्रिक हान्नुपर्ला वा भारी गोलको अन्तरले विजयी बन्लान् सिताराम, निर्णय उपभोक्ताको मतमा छ । तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा हाल करिव ८ हजार ३ सय उपभोक्ता रहेका छन् । ती मध्ये ७ हजार ४ सय उपभोक्तामा मताधिकार रहेको तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।

प्रकाशित मिति : २०७८ पुष १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस