घोराहीमा नगरसभासदद्धारा सभा बहिष्कार

दाङ । घोराही उपमहानगरपालिकाको १०औं नगर सभा बैठक सभासदहरुले बहिस्कार गरेका छन् । बिग्रेको गाडीमा तेल हाल्न पाइँदैन, अनियमिता गर्नेलाई कारबार्ही गर, उपमहानगरलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन पाईदैनलगायतका नारा लाउँदै बैठक बहिस्कार गरेका हुन् ।
सरसफाई शाखाको एउटा गाडी बिग्रीएर थन्किएको अवस्थामा पनि इन्धन प्रयोग भएको पाइएको थियो । यसका लागि उपमहानगरपालिकाले छानबिन समिति बनाएर सो समितिले प्रतिबेदन समेत बुझाइसक्दा समेत अनियमितामा संलन कर्मचारीमाथि कारबार्ही नभएका कारण सभासदहरुले नगरसभामै नाराबाजी गरेका थिए ।
नगरमा भएका गलत कुराहरु पहिलेदेखि नै उठाइरहे पनि सुनुवाई नभएको भन्दै नगरसभा बैठक बहिस्कार गरिएको वडा नम्बर ४ का वडा अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिए । बिग्रीएको गाडीमा तेल प्रयोग गर्नेलाई कारबार्ही हुनुपर्ने उनको अडान छ ।
साथै नगरसभा बहिस्कार गर्ने सभासदहरुले बैधानिक तरिकाले पुनः नगरसभा बैठक सञ्चालन गर्न समेत माग गर्दै उपमहानगरपालिकामा हस्ताक्षरसहितको निवेदन दर्ता गराएको वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिए ।