मतदाता नामावली बनाउन सकस
दाङ । तुलसीपुर उपमहानगरपालिका ११ नवलपुरकी पवित्रा कुमाइँ इलाका प्रशासन कार्यालय तुलसीपुरमा मतदाता नामावली बनाउन बिहान ८ बजे आइपुगिन् । उनी कार्यालयमा आउनुभन्दा पहिले नै अरु पनि आइसकेका थिए । कुमाइँ पनि मतदाता नामावलीको लागि हातमा फर्म र नागरिकताको फोटोकपी समातेर लाइन मै बसिन् ।
बिहान ८ बजेदेखि लाइनमा बसेकी कुमाइँ को दिउँसो ३ बजेसम्म पनि पालो आएको थिए । साना छोराछोरी घरमा छाडेर मतदाता नामावली बनाउन आएको भन्दै उनले आफ्नो पालो कति बेला आउँछ थाहा नभएको बताइन् । उनले भनिन्,’ यहाँ हामी जस्ता सोझा काम रहेन छ । जसले चिनेको छ । जुन नेताले आफ्नो मान्छे ल्याएर आएको छ । उसको छिट्टो काम भएको छ । हामी जस्ता सोझा लाइनमा बसेका छौँ । यसरी हामीलाई दुख दिन राम्रो काम भएन ।’ त्यस्तै एकै पटक उपमहानगरका सबैलाई बनाउनुभन्दा सकेसम्म वडाबाट र त्यो नभएपनि प्रत्येक वडालाई एक एक दिन बोलाएर बनाएको भए सहज हुने उनको भनाइ थियो । त्यस्तै कुमाइँ मात्र नभइ तुलसीपुर उपमहानगरपालिका १९ का सेवक मल्ल बिहानै जाडोमा छिट्टो पालो आउँला भनेर इलाका प्रशासन कार्यालय तुलसीपुर आइपुगे । तर, उनको पालो पनि ३ बजेसम्म आएको थिएन ।
पहिलो पटक नामावली बनाएर मतदान गर्न पाउने भन्दै आफू आएको भएयता पनि भिडभाडले गर्दा धेरै दुख पाएको गुनासो गरे । उनले भने, ‘म भन्दा अगाडि बिहान ७ बजे आएका पनि हुनुहुन्छ । उहाँहरूको पालो अहिलेसम्म आएको छैन् । हामी लाइनमा बसेका लाइन मै छौँ । तर, यहाँ चिनेजानेलाई भित्रबाट नाम बोलाई अगाडि लगिन्छ । यहाँ जसको पहुँच छ । उसैले पालो पाएको छ । हामी साधारण मान्छे लाइन बसेको बसैँ भएको छ ।’ त्यस्तै उनले मतदाता नामावली संकलन कार्यमा व्यवस्थित नभएको गुनासो गरे । गाउँमा नेताहरूले फर्म लगेर भरिदिएको भएयता पनि यहाँ फोटो खिच्नको लागि धेरै समस्या रहेको उनको भनाइ थियो । त्यस्तै उनले आफूले पहिलो पटक भोट गर्न अवसर पाउन लागेको भन्दै जसले आफ्नो गाउँ ठाउँलाई विकास र जनताको सुखदुखमा साथ दिने नेतालाई भोट दिने समेत बताए । त्यस्तै उनले अहिलेका नेताहरूले काम गरेको भएयता पनि आफूहरूले सोचे जस्तो काम नगरेको भन्दै पार्टीभन्दा पनि राम्रो मान्छेलाई भोट दिने बताए ।
त्यस्तै अर्का तुलसीपुर उपमहानगरपालिका २ पोटलिका रोशन चौधरी पनि बिहान साढे १० बजे नामावली दर्ताको लागि लाइनमा बसेका थिए । तर, उनको पनि पालो आएको थिए । उनले भने, ‘एउटा नामावली बनाउनको लागि हामीले यति धेरै दुख पाएका छौं । अरु काम गर्न लाग्दा त कति दुख पाइन्छ होला । यसरी नागरिकहरूलाई दुख दिने काम राम्रो होइन् । यदि हाम्रो भोट भनेको नेताहरूलाई नै हो । यसरी दुख दिनुभन्दा पनि हामीलाई हाम्रो वडाबाट नै लिने व्यवस्था गरेको भए ठिक हुन्थ्यो ।’
यता इलाका प्रशासनमा मतदाताको लागि फोटो खिच्ने काम २ ठाउँबाट भइरहेको छ । दैनिक करिब २÷३ सय जना मतदाता नामावलीको लागि आउँदा भिडभाड हुने गरेको नामावली सङ्कलनमा कार्यरत कर्मचारी किरण गौतमले बताए । उनले आफूहरूले चिने जाने र पहुँचको भरमा नभइ पालोसँग नै सेवा दिँदै आएको समेत बताए । त्यस्तै उनले अन्य समयमा इलाका प्रशासनबाट नामावली दर्ताको काम नियमित रुपमा भइरहने भएयता पनि अहिले मतदाता संकलन अभियान चलेको र यहि १७ गते सम्म हुँदा भिडभाड भएको समेत बताए । हिजो आज तुलसीपुर उपमहानगरपालिकालाई केन्द्रित गरेर नै कार्यक्रम संचालन भएको र गाउँबाट पनि पार्टीका नेताहरूले बिहानै गाडि रिर्जव गरेर पठाउँदा भिडभाड हुने गरेको उनको भनाइ थियो ।
त्यस्तै उनले आफूहरूले बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म पनि नागरिकहरूलाई सेवा दिँदै आएको र कुनैपनि नागरिकहरूलाई दर्ता नगराए नपठाएको दाबी गरे ।