धर्म र जातका आधारमा विभेद् गर्ने छुट कसैलाई छैन : यादव

चन्द्रप्रकाश नेपाली । ईसाई भएकै कारण अझै पनि विभिन्न क्षेत्रबाट विभेद् खेप्नु पर्ने अवस्थाको अन्त्य नभएको दाङका इसाईहरुले गुनासो गरेका छन् । येशु ख्रिष्टका बारेमा सुनाएकै आधारमा जेलसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य हुन नसकेको उनिहरुले गुनसो गरेका हुन् । इसाईहरुलाई अन्त्यष्टि गर्नका लागि समेत धेरै पालिकामा जमिनको व्यवस्था गर्न समस्या भएको गुनासो गरेका हुन् ।

इसाई धर्मका संस्थापक प्रभु येशु ख्रीष्टको जन्मोत्सव ख्रिष्टमसका अवसरमा आज दाङका ईसाईहरुले तुलसीपुरमा ¥याली मार्फत् बजार परिक्रमा गरी अरनिको मैदानमा पुगेर गरिएको कार्यक्रममा बोल्ने इसाई समुदायका बक्ताहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहजराम यादवले २१आंै सताब्दीमा धर्मका आधारमा विभेद् हुनु दुखद् भएको बताए । मुलक गणतन्त्रमा गईसकेपछि धर्म र जातका आधारमा विभेद् गर्ने छुट कसैलाई नभएको बताए ।

यस्तै उनले विविधता भएको देशमा राष्ट्रले सबै धर्मको सम्मान गर्न सकेको खण्डमा मात्रै देशको बिकास र सम्बृद्धिले गति लिन सक्ने बताए । विभिन्न प्रतिगामीहरु एकल धर्मका नाममा राजनीति गर्न खोज्ने भएकाले त्यस्ता प्रतिगामीहरुका बिरुद्धमा उभिनु अहिलेको आवश्यकता भएको बताए । विशिष्ठ अतिथि घनश्याम पाण्डेले शुभकामना मन्तव्य ब्यक्त गर्दै एउटा धर्म र जातका नाममा राजनीति गर्न खोज्ने कुराको अन्त्य भएको बताए । अहिले राज्यको धर्म नभई नागरिकको धर्मलाई राज्यले स्विकार्नु पर्ने रहेको बताए । बिगतमा देशमा भएको जनआन्दोलनकै कारण यो उपलब्धि प्राप्त भएको बताए । आफ्नो धर्म रोज्ने स्वतन्त्रता सबैलाई भएको भन्दै इसाई भएकै कारण कसैले पनि घृणा गर्न नपाउनेमा जोड दिए ।

यस्तै उनले जन्मसंस्कारदेखि लिएर मृत्यु संस्कारसम्मका कुरामा नगरले सहजता श्रृजना गर्ने बताए । अबको समाज बहुसंस्कृतिक र बहुधार्मिकता युक्त भएको बताए । कुनैपनि आधारमा कसैलाई विभेद् नगरी एकिकृत समाज निर्माणका लागि तुलसीपुर उपमहानगर लागेकोमा पाण्डेले जोड दिए । कार्यक्रमका वचन बक्ता पाष्टर दिलिप क्षेत्रीले विश्वको एक तिहाई जनसंख्या इसाई भएको दाबीसमेत गरेका थिए । बिदेशी र गाई खाने धर्म हो भनेर सुरुमा आफुलाई पनि घरपरिवारबाटै विभेद् हुने गरेको स्मरण सुनाए । येशु प्रभु काल्पनिक नभई सत्य भएको पुष्टि बाईबलका वचनले गर्ने उनको भनाई छ । पुरुषसँगको शरिरिक सम्पर्क बिनै कन्या मरियमको कोखबाट आजभन्दा २ हजार २१ बर्ष पहिले येशुको जन्म भएको उल्लेख गरे ।

मानिसको पाप क्षमाका लागि क्रुसमा मरेर पनि पुनः जिवित भई स्वर्ग उठाइनु नै येशुलाई ईश्वरका रुपमा स्विकार्ने आधार भएकोमा जोड दिए । जनता समाजबादि पार्टी जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोककुमार यादव, नेकपा एकिकृत समाजवादी पार्टी दाङमा उपाध्यक्ष चुर्णबहादुर वली, नेकपा एमाले तुलसीपुर नगरका अध्यक्ष माधव ओलीले धर्मनिरपेक्षताको उपलब्धि राजनीतिक दलकै कारणले प्राप्त भएको बताएका छन् । आफुहरु धर्म निरपेक्षताको पक्षमा सधै रहेको बताएका हुन । धर्मका आधारमा केही देशमा काटमार भए जस्तो कुराबाट नेपाललाई बचाई राख्न आवश्यक रहेको बताएका थिए ।

यस्तै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष सुशील बस्नेतले ईसाई धर्म प्रेम र शान्तीको आस्थाको विषय भएको भन्दै धर्म निर्पेक्ष राष्ट्र भैसक्दा पनि धर्मका नाममा बिभेद् हुनु मानवअधिकारका दृष्टिकोणले गलत भएको बताए । दाङ जिल्ला ईसाई समुदायका अध्यक्ष सन्तबहादुर घर्तीको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रम संयोजक शालिकराम शाहुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव टोपबहादुर महतराले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष १० गते शनिवार
प्रतिक्रिया दिनुहोस