एमाले गढवाको महिला अधिवेशन सम्पन्न

दाङ । नेकपा एमाले निकट अखिल नेपाल महिला संघको प्रथम अधिवेशन शुक्रबार गढवामा सम्पन्न भएको छ । हेमन्तीकुमारी कुमालको अध्यक्षता र एमालेका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका सांसद गंगा चौधरीको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गंगा चौधरीले महिलाहरु पार्टी संगठनको एक बलियो खम्बा भएको बताइन् । एमालेको भातृ संगठन अनेमसंघमा सबै महिलाहरु गोलबन्द भएर पार्टीलाई एक ढिक्का बनाउन उनले उपस्थित सबैलाई आग्रह गरिन् ।

अधिवेशनले मिना महतरा क्षेत्रीको अध्यक्षतामा ३५ सदस्यिय अनेमसंघ गढवाको सर्बसम्मत नेतृत्व चयन गरेको छ । जसको उपाध्यक्षमा गिता पन्थी सचिवमा रमा धिताल र उपसचिवमा बुझौनी चौधरी, संझना गौतम तथा सिता थापा रहेकी छिन् । नवनिर्वाचित कमिटीका पदाधीकारीहरुलाई पार्टीका केन्द्रिय सदस्य गंगा चौधरीले पद तथा गोपनियताको सपथ–ग्रहण गराइकी थिइन् ।

कार्यक्रममा पार्टीका केन्द्रिय लेखा समितिका सदस्य तथा लुम्बिनी प्रदेश सरकारका सांसद रेवतीरमण शर्मा, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, अनेमसंघका केन्द्रिय सदस्य रत्ना श्रेष्ठ, पार्टीका गढवा अध्यक्ष बाबुराम अधिकारी, वडा नं. ७ का इन्चार्ज चुडामणि पौडेललगायतले संबोधन गरेका थिए । अनेमसंघ दाङका सदस्य तथा पार्टीका गढवा उपाध्यक्ष मधा न्यौपानेको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अनेमसंघ दाङका सदस्य केशरी गिरीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस