निर्वाचन कार्यालय दाङमा नागरिकको घुईचो, राजनितीक दलहरु पनि सक्रिय

दाङ । दाङमा पहिले छुटेका मतदाताको नामावली संकलन बिशेष कार्यक्रम शुरु भएको छ । अब हुने स्थानीय, प्रदेश र संघको निर्वाचनलाई मध्यनजर गर्दै मतदाता नामावली संकलन शुरु भएको हो । आफ्नो मतदान गर्ने अधिकार सुरक्षित गर्न नागरिकहरु उत्साहित भएका छन् ।

निर्वाचनमा नेतृत्व गर्न सक्ने प्रतिनिधिलाई मतदान गर्ने उद्धेश्यले मतदाता नामावलीमा आफ्नो मताधिकार सुरक्षित गर्न लागेको तुलसीपुर उपमहानगरपालिका १८ की राधिका भुसाल बताइन । उन भनिन, ‘आफ्नो मतदान गर्ने अधिकारलाई सुरक्षित गर्न र आगामी चुनावमा मन पर्ने नेतृत्वलाई सत्तामा पुराउनका लागि मतदाता नामावली बनाउन आएको हु । भन्न त मान्छेहरुले सबै नेता उस्तै व्यक्तिगत स्वास्र्थमा लिप्त हुन्छन् भन्ने कुरा गर्छन् ।

तर मलाई व्यत्तिगत रुपमा मन पर्ने पनि केही नेता छन् । तिनलाई चुनावका माध्यमबाट सत्तामा पुराउनका लागी पनि मतदाता नामावली बनाउदै छु,–‘उनले भनिन। मतदाता नामावली संकलनका कार्यका लागि जनप्रतिनिधि र राजनितीक दलहरु पनि सक्रिय भएका छन् । उनीहरुले आफ्नै खर्चबाट गाडी रिजर्ब गरि वडा र पालिकाका नगरिकहरुलाई मतदाता नामावली संकलन स्थल सम्म ल्याउने गरेका छन् । नागरिकहरु मतदान गर्ने अधिकारबाट बन्चित हुन नपरोस भन्ने उद्धेश्यले आफुहरु यो अभियानमा लागेको तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ का वडाध्यक्ष बिरेन्द्र खड्काको भनाई छ ।

खड्का भन्नुहुन्छ, ‘मतदाता नामावलीमा आफ्ना नागरिकको नाम समावेस गराउनका लागि हाम्रै यातायात खर्चमा म लगाएत जिम्मेवार पदमा बसेका नेतृत्वकर्ताहरु सकृय भएका छौँ ।

नागरिकको मतदान गर्ने अधिकारलाई सुरक्षित राख्नका लागि अर्को निर्वाचन घोषणा नहुदा सम्म जुन समयसम्म निर्वाचन आयोगले खुल्ला गर्छ । त्यतिवेलासम्म हामीले हामीले तुलसीपुर १८ का टोलटोलमा छुटेका नागरिकहरुको मतदाता नामावली बनाउने काममा सहयोग गर्छौ, वडा अध्यक्ष खड्काले बताए ।

मंसिर १२ गतेदेखि सुुुरुभएको मतदाता नामावली संकलन बिषेश कार्यक्रममा दाङबाट १४ हजार जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । निर्वाचन कार्यालयमा दैनिक २५० देखि ३ सयदेखिसम्म नागरिकहरु नामावली संकलनका लागि आउने गरेका छन् । नामावलीमा आफ्नो नाम सुरक्षित गर्न नागरिकहरुमा उत्साह देखिएको प्रदेश निर्वाचन कार्यालय दाङका सुचना अधिकारी गेहेन्द्र कुँवरको भनाई छ ।

दैनिकरुपमा ढाई सयदेखि तिन सयसम्म नागरिक कार्यालयमा आउने गरेको उनको भनाई छ । मतदाता नामावली संकलनको अबधि पालिका स्तरको कार्यक्रमका लागि पुसको १८ गते सम्म रहेको छ । प्रदेश निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा भने निर्वाचन घोषणा नहुँदा सम्म निरन्तरता रहने जानकारी दिए ।

प्रकाशित मिति : २०७८ पुष ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस