पुष ४ देखि १८ सम्म स्थानीय पालिकाहरुमा निर्वाचन आयोगले काम गर्ने

गढवा । मतदाता नामावली संकलन तथा दर्ता अद्यावधिक गर्नका लागि पुष ४ गतेदेखि १८ गतेसम्म स्थानीय पालिकाहरुमा दर्ता स्थल छनोट गरि काम सुरु गरिने भएको छ । सोमबार गढवा गाउँपालिकाको आयोजनामा भएको जनप्रतिनिधिहरु र राजनीतिक दलहरुको सर्बपक्षिय सर्वदलिय संयुक्त बैठकले गढवा गाउँपालिकाको पुरानो कार्यालय रहेको भवनलाई दर्ता स्थल राख्ने निर्णय गरेको स्थानीय समितिका सदस्य सचिव श्याम बिकले जानकारी दिए ।

गढवा गाउँपालिकाका अध्यक्ष तथा स्थानीय समितिका संयोजक सहजराम यादवको अध्यक्षतामा भएको सर्बदलिय सर्बपक्षिय बैठकले जिल्ला निर्वाचन आयोगको कार्यतालिका अनुसार यहि पौष ४ गतेदेखि १८ गतेसम्म पालिकाका सबै वडाहरुका नागरिकहरुका लागि सहज सेवा प्रबाह गर्नेगरी गाउँपालिकाको पुरानो भवनमा मतदाता नामावली संकलन गर्ने र त्यसका लागि सबै पक्षबाट प्रचारप्रसारलाई तिब्रता दिने निर्णय गरेको छ ।

बैठकमा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, वडा अध्यक्षहरु बालचन्द्र ठकूरी हमाल, तुल्सीराम अधिकारी, वडा सदस्य राधेश्याम थारु कुमाल, प्रशासन प्रमुख पुनाराम शर्मा, इलाका प्रहरी कार्यालय गढवाका प्रमुख राजकुमार भट्ट, सदस्य सचिव श्याम बिक, नेकपा एमालेका क्षेत्रिय सचिव मोहन बुढा र क्षेत्रिय सदस्य रमेशकुमार न्यौपाने, नेपाली काँगे्रस गढवाका सभापति किरण पौडेल, नेकपा माओवादी केन्द्रका कैलाश चौधरी, राष्ट्रिय जनमोर्चाका दिनमणी आचार्य र जनता समाजवादी पार्टीका पुरनप्रसाद भट्टराईलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस