नेपाली काँग्रेस रुकुम पश्चिममा विवाद चुलियो

दाङ । नेपाली काँग्रेसको १४औं महाधिवेशनको महाधिवेशन प्रतिनिधिको विषयमा रुकुम पश्चिममा विवाद देखिएको छ । रुकुम पश्चिममा जिल्ला नेतृत्व र महाधिवेशन प्रतिनिधि सर्वसहमतिमा चयन भएको भनिए पनि केहि नेताहरुले भने आफुहरुलाई धोका भएको बताएका छन् ।
नेपाली काँग्रेस रुकुम पश्चिमा पूर्व उपसभापति र पूर्व क्षेत्रीय सभापतिले सहमतिको नाममा राजनीति धोका भएको भन्दै आपत्ती जनाएका छन् । पूर्व उपभापति विरबहादुर वली र पूर्व क्षेत्रीय सभापति देवबहादुर वलीले रिपोर्टर्स क्लब दाङमा पत्रकार सम्मेलन गरि त्रिवेणी गाउँपालिका बाट एक जना पनि प्रतिनिधि छनोट नगरि एकलौटी ढंगबाट नेतृत्व अगाडी बढेको बताए । उनीहरुले नवनिर्वाचित सभपाति प्रेमप्रकास वली र पूर्व सभपाति मानबहादुर नेपालीलगायतका नेताहरुले त्रिवेणी गाउँपालिकाबाट एक जना पनि प्रतिनिधिहरु हालसम्म पनि छनोट नगरि महाधिवेशनमा गएको बताए ।
प्रत्यक गाउँपालिका बाट एक÷एक जना प्रतिनिधि र अन्य नगरपालिकाबाट प्रतिनिधित्व हुने गरी महाधिवेशन प्रतिनिधि छनोट गर्ने सहमति भएपनि सो नगरेको नेता देवबहादुर वलीले बताए । त्रिवेणी गाउँपालिकाबाट दुई जना आफुहरु प्रतिनिधिका लागि आँकान्छी भएपनि आफुहरुविच विवाद छ भन्ने बहानामा प्रतिनिधिनै छनोट नगरि काठमाडौं गएको उनको आरोप छ ।
‘हामी दुई विच कुनै विवाद छैन् जुन भएपनि हुन्छ तर हामीहरुलाई अहिले वाईवास गरि अरुलाइनै महाधिवेशन प्रतिनिधि बनाउने चलखेल भएको सुनेका छौं यो काँग्रेसको संस्थापन समुहको ठुलो चलखेल हो देवबहादुरले भने ।’ उनले आफुहरुले काँग्रेसमा ठूलो त्याग वलिदानी र योगदान दिएपनि अहिले त्यसको मुल्याङकन नभएको गुनासो गरे ।
त्यस्तै विरबहादुर वलीले पनि काँग्रेसमा युवाहरुले नेतृत्व गर्नुपर्छ मलाई व्यवस्थापन गर्नु होस् अनि जसलाई प्रतिनिधि बनाएपनि हुन्छ भन्ने आफुले भनेपनि नेतृत्वले सो कुरा नगरि काठमाडौ गएको बताए । ‘मनै हुनुपर्छ भन्नेर मैले भनेको होइन देवबहादुर भएपनि ठिकछ तर उहाँहरुले हामी संग कुनै समन्वय गर्नु भएन् अहिले पनि काठमाडौमा गएर उहाँहरु विच विवाद छ भनुहुन्छरे हामीहरु विच कुनै विवाद छैन वलीले भने ।’ उनीहरुले रुकुम काँग्रेसमा त्याग योगदान भन्दा पनि पैसाको चलखेल चलेको आरोप लगाए ।
‘२५ जना प्रतिनिधिको नाम टुंगो लगाएर उहाँहरु जानुभयो हामीलाई कुनै जानकारी दिनुभएको छैन् उनीहरुले भने ।’ पत्रकार समेलन रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको थियो ।