मुख्यमन्त्रीद्वारा प्रथम प्रादेशिक फेष्टिबल उद्घाटन
दाङ । दाङको तुलसीपुरमा प्रथम प्रादेशिक फेष्टिबल २०७८ सुरु भएको छ । चन्द्र सुर्य यातायात प्रालिको आयोजनामा तुलसीपुर ६ बरुवागाउँमा महोत्सव सुरु भएको छ ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनामं)ले गरेका हुन् । महोत्सव मुल आयोजक समितिका संयोजक शम्भु रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले तुलसीपुर बजार क्षेत्रलाई व्यापारिक केन्द्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
कोरोना माहामारीको नयाँ भेरियन्टको जोखिमका बाबजुद महोत्सव संचालन हुन लागेको भन्दै यस प्रति विशेष ध्यान दिन उनले आयोजकलाई आग्रह गरे । महोत्सव मंसिर २९ गतेसम्म जारी रहने आयोजकले बताएको छ । उद्घाटन कार्यक्रमको सहजीकरण पत्रकार गणेश आचार्यले गरेका थिए ।
प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस