माओवादी केन्द्रद्वारा ३३ वटा केन्द्रीय विभाग गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ । विषय विज्ञ समेत राखेर बनाइएका विभाग प्रमुख र उपप्रमुख भने पार्टीका नेताहरूलाई नै बनाइएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्कूल विभाग इन्चार्ज बनेका छन् भने प्रमुखको जिम्मेवारी नेता गिरीराजमणी पोखरेलले प्राप्त गरेका छन् । नेता नारायणकाजी श्रेष्ठ विदेश मामिला विभाग प्रमुख बनेका छन् ।
सङ्गठन विभाग प्रमुख भने अर्थमन्त्री समेत रहेका जर्नादन शर्मा बनेका छन्, नेता वर्षमान पुनले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी प्राप्त गरेका छन् ।
यस्तै प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ । माओवादीले हरेक विभाग ३५ सदस्यीय हुने जनाएको छ ।
प्रकाशित मिति : २०७८ मङ्सिर २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस