दाङमा एमसीसी खारेजीको माग गर्दै बिरोध प्रर्दशन

दाङ । एमसीसी खारेजीको माग गर्दै तुलसीपुरमा आज (बुधबार) विरोध प्रर्दशन गरिएको छ । राष्ट्रघाती एमसीसी खारेज गर, बैदेशिक हस्तक्षेप बन्द गर, लिपुलेक, कालापानी हाम्रो हो, भारतीय विस्तारवाद कालापानी छोड जस्ता नारा लगाउँदै घोराहीरोडस्थित विद्युत कार्यालयबाट सुरु भएको ¥यालीले विरेन्द्रचोक हँुदै बसपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङ र क्रान्तीकारी माओवादी दाङको सयुक्त आयोजना तथा अनेरास्ववियु क्रान्तीकारी दाङ एवं क्रान्तीकारी युवा लिग नेपालको सहभागितामा विरोध प्रर्दशन भएको हो । क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी नरेन्द्र बन्जाडेको अध्यक्षतामा भएको कोणसभालाई सम्वोधन गदै जिल्ला इन्चार्ज समिर केसीले राष्ट्रघाती एमसीसी खारेज गर्नुपर्ने माग गरेका थिए । उनले एमसीसी राष्ट्र र जनताको हितको पक्षमा नभएको भन्दै यसलाई खारेज गर्नुपर्ने माग गरेका छन् ।
सो अवसरमा देशभक्त जनगन्तान्त्रीक मोर्चा नेपाल जिल्ला अध्यक्ष इश्वरी प्रसाद गैरे, क्रान्तीकारी युवा लिग नेपालका केन्द्रिय महासचिव डिल बहादुर कठायत, थारु राष्ट्रिय मुक्ति मोर्चाको महासचिब रामजित चौधरी लगायतले बोलेका थिए । कोणसभाको सहजीकरण जिल्ला सचिवालय सदस्य तिलक बिकले गरेका थिए ।