राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बस्‍ने गरी आह्वान गरेकी हुन् । यसअघि कात्तिक २५ राति १२ बजेदेखि संघीय संसद्‌को वर्षे अधिवेशन अन्त्य गरिएको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस