राष्ट्रपति भण्डारी बिहीबार लुम्बिनी आउँदै

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी आउने भएकी छिन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औं वार्षिकोत्सव तथा पुस्तकालय भवन उद्घाटन गर्न लागि राष्ट्रपति लुम्बिनी आउन लागेकी हुन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले १७औं विश्वविद्यालय दिवसको अवसरमा प्रथम त्रियान प्रज्ञा सम्मेलन गरेको छ । बौद्ध संस्कृति र समृद्धि तथा बौद्ध शिक्षा शिक्षण पद्धतिमा केन्द्रीत रहेर त्रियान सम्मेलन गर्न लागेको विश्वविद्यालयले जनाएको छ । २०६१ सालमा स्थापना भएको विश्वविद्यालयले मंसिर १६ गतेदेखि १७औं विश्वविद्यालय दिवस मनाउँदै छ ।

दिवसको मुख्य कार्यक्रममा प्रमुख अथितिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागि हुने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस