एमाले अध्यक्षमा ओली विजयी

काठमाडौं । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार खसेको २ हजार ९६ मतमध्ये ओलीले १८३७  मत र भीम रावलले २२३ मत प्राप्त गरेका छन् । मंगलबार विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । जहाँ २ हजार १५३ मतदातामध्ये २ हजार १९६ मत खसेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस