कार्यकारी पदमा नबस्ने एमाले नेता लालबाबु पण्डितको घोषणा
काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन् । उपाध्यक्षको आकाङ्क्षी रहेका पण्डितले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर पार्टीको कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको बन्द सत्रमा पेश गरेका सूचीमा उनीको नाम केन्द्रीय सदस्यमा थियो । तर उनीले केन्द्रीय सदस्य अस्वीकार गर्दै अब पार्टीको सङ्गठित सदस्य मात्रै रहने घोषणा गरेका छन् ।
प्रकाशित मिति : २०७८ मङ्सिर १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस