कांग्रेस दाङको सभापतिमा डाँगी
दाङ । नेपाली कांग्रेस दाङ जिल्लाको सभापतिमा शंकर डाँगी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा स्पष्ट मत नआएपछि आज पुन निर्वाचनको तयारी गरिएको थियो ।
तर सभापतिका अर्का मुख्य प्रतिष्प्रधी भुपबहादुर डाँगीले सभापतिमा मुख्यप्रतिष्प्रर्धी शंकरप्रसाद डाँगीलाई समर्थन गरेपछि उनी जिल्ला सभापति बनेका हुन । शनिवार भएको निर्वाचनमा शंकरप्रसाद डाँगीले ७ सय ७६, भुपबहादुर डाँगीले ५ सय ४५, जानकीलाल बस्नेतले ४ सय ७१ र कमल किशोर घिमिरेले ३ सय १५ मत लिएका थिए ।
प्रथम हुने उम्मेदवारको ५१ प्रतिशत मत नआएपछि सभापतिको लागि आज आइतबार पुनः निर्वाचन हुने भनिएको भएपनि सहमति पश्चात् डाँगी जिल्ला सभापति भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । सभापति पदका मुख्य प्रतिष्प्रर्धी भुपबहादुर डाँगी र शंकर डाँगीबीच भएको समहतिपश्चात शंकरप्रसाद डाँगी जिल्ला सभापति भएका हुन् । प्रतिष्प्रर्धी भुपबहादुर डाँगीले उनलाई सभापतिमा समर्थन गरेपछि सभापति घोषणा गरेका थिए ।
विद्यार्थी राजनीतिबाट प्रवेश गरेका डाँगी पार्टीका लागि जहिले पनि हक्की स्वभावका रूपमा उभिन्छन् । तेह्रौँ महाधिवेशनमा लोकप्रिय मत लिएर जिल्ला सचिवमा निर्वाचित भएका डाँगी यसपालिको अधिवेशनमा सभापतिका रूपमा उभिएका छन् । उनी सभापतिका लागि बलियो उम्मेदवार मानिदै आएका थिए । उनीलाई स्थापनइतर समूहको समर्थन रहेको थियो ।
नेविसंघको साविक बाघमारे गाविसको सचिव भएर संगठन बिस्तार गर्दै आएका डाँगीको सांगठनिक कुशलताका कारण पनि नेविसंघ क्षेत्र नं. ३ का क्षेत्रीय सचिव रहेर काम गरिसकेका छन् ।२०५५ सालमा महेन्द्र बहुमुखी क्याम्पस दाङका स्ववियु सभापति भएका डाँगी २०५७ सालमा नेविसंघ दाङका जिल्ला अध्यक्ष भएर नेतृत्व गरिसकेका छन् ।
२०५९ सालमा नेविसंघको केन्द्रीय सदस्य भएर राजनीतिक यात्रालाई केन्द्रीय राजनीतिसँग जोड्न उनी सफल भए । पार्टीको बाह्रौ अधिवेशनमा जिल्ला सदस्य भएका डाँगी भएका डाँगी सोही कार्यकालमै सचिवमा मनोनित भएका हुन् । तेह्रौ अधिवेशनमा सचिवमा निर्वाचित भएका हुन् ।