कांग्रेस दाङः सभापति चुन्न आज फेरि निर्वाचन हुने

दाङ । नेपाली कांग्रेस दाङको दोस्रो चरणको मतदान हुने भएको छ । दाङ जिल्ला सभापतिमा भएको निर्वाचनमा उम्मेदवारी दिएका चारमध्ये कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि पुनः मतदान हुने भएको छ ।
शनिबार भएको निर्वाचनमा सभापतिका चार उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि दोस्रो चरणको मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा २१३८ जनाले मतदान गरेकामा शंकरप्रसाद डाँगीले ७७२, भुपवहादुर डाँगीले ५४३, जानकिलाल वस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३११ मत पाएका थिए । सभापतिमा उम्मेदवारी दिएकामध्य पहिलो चरणमा कुनैपनि उम्मेदवारको बहुमत नआएमा दोस्रो चरणमा पहिलो र दोस्रो हुने उम्मेदवारबीच प्रतिस्पर्धा हुने ब्यवस्था छ ।
सभापति पदमा शंकर र भुपबहादुरबीच पुनः प्रतिस्पर्धा हुनेछ । शनिबार निर्वाचन सकिय लगत्तै सभापति, उपसभापती, सचिब र सहसचिबको मतगणना सुरु गरिएको थियो । सभापतिको पुनः निर्वाचन हुने भएता पनि उपसभापतिमा गिरीराज सुबेदी र कमानसिंह भारती सचिबमा अर्जुनकुमार योगी र बालिका लम्साल तथा सहसचिबमा राजु आचार्य र सुबोधकुमार डाँगी बिजयी भएक छन् ।