माओबादी केन्द्र बबई गाउँपालिकाको अध्यक्षमा बुढाथोकी

दाङ ।  नेकपा माओवादी केन्द्र बबई गाउँपालिकाको दोस्रो  पालिका स्तरीय सम्मेलन  शनिबार सम्पन्न भएको छ । सम्मेलनबाट पार्टीको गाउँपालिकाको अध्यक्षमा डिल्ली बुढाथोकी चयन भएका छन् ।  बुढाथोकीको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी गठन भएको पार्टीले जनाएको छ । 

जसको उपाध्यक्षहरूमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर वली रहेका छन् । सचिवमा अन्जु घर्ती, सहसचिवमा खुमबहादुर बिक र कोषाध्यक्षमा परेकलाल बूढा चयन भएका हुन् ।  सम्मेलनबाट ४५ जना चयन भएको र बाँकी १० जना सदस्यलाई कमिटीको बैठकबाट मनोनित गरिने बताइएको छ । सम्मेलन नेकपा माओवादी केन्द्र बबईका अध्यक्ष बुढाथोकीको अध्यक्षतामा  एवं पार्टीका केन्द्रिय सदस्य, लुम्बिनी प्रदेशका सचिव तथा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा ‘अपार’को प्रमुख आतिथ्यता भएको थियो ।  

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र शान्तिनगर गाउँपालिकाको अध्यक्षमा नेवबहादुर रोका चयन भएका छन् । शनिबार माओवादी केन्द्रको दोस्रो पालिका सम्मेलनबाट रोकाको अध्यक्षतामा ४९ सदस्यीय नेकपा माओवादी केन्द्र शान्तिनगर गाउँ कमिटि गठन भएको छ ।

जसको उपाध्यक्षहरूमा खगेन्द्र शर्मा, रिता बटाला, हिरालाल वली, सचिवमा पिमलाल वली, सहसचिवमा हिरा सुनार, कोषाध्यक्ष जंग बहादुर पुन रहेका छन ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस