दाङ काँग्रेस : सभापतिमा चारमध्ये कस्ले मार्ला बाजी ?

दाङ । नेपाली काँग्रेसको १४औँ महाधिवेसन अन्तरगत दाङ जिल्ला कार्यसमितिका लागि शनिबार मतदान भएको छ। सर्वसम्मत रुपमा कार्यसमिति चयन हुन नसकेपछि शुक्रबार उम्मेद्वारी दर्ता भएको थियो । उम्मेद्वारी दर्ता भएको भोली पल्ट शनिबार पद्मोदय पब्लिक नमूना माविमा मतदान भएको छ । निर्वाचन कार्यसमितिका अनुसार कुल मतदाता २ हजार १ सय ९२ मतदातामा २ हजार १ सय १९ जनाले मतदान गरेका छन् । तीन वटा निर्वाचन क्षेत्रको ६ वटा मतदान केन्द्र तोकेर मतदान भएको थियो । बिहान ९ वजेबाट सुरुभएको मतदान प्रकृया ४ बजे सम्म सकिएको थियो ।

जिल्ला सभापतिका लागि चार जनाको उम्मेद्वारी परेको छ । जसमा संस्थापन पक्षबाट तीन र संस्थापनईतर पक्षबाट एक जना छन् । संस्थापन पक्षबाट जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले सभापति पदमा उम्मेदवारी दिनुभएको छ । बस्नेत नेविसंघका पूर्वजिल्ला अध्यक्ष हुनुहुन्छ। पार्टीका पूर्वजिल्ला सचिव घिमिरे १३ औं महाधिवेशनका क्रममा जिल्ला सभापतिमा पराजित हुनुभएको थियो । डाँगी निवर्तमान क्षेत्रीय सभापति हुनुहुन्छ । संस्थापनइतर पक्षबाट भने शंकर डाँगीको मात्रै उम्मेद्वारी दिनुभएको छ । डाँगी वर्तमान जिल्ला सचिव हुनुहुन्छ ।

पार्टीको विधान अनुसार सभापतिमा चयन हुनका लागि ५१ प्रतिशत मत ल्याउनुपर्ने र त्यो भन्दा कम मत ल्याए दुुई जना धेरै मत ल्याएकाबीचमा फेरी मतदान हुने व्यवस्था छ । जसबाट एक जना जिल्ला सभापति चयन हुने छ । यस्तै २ जना उपसभापतिका लागि ७ जनाको उम्मेद्वारी परेको छ। जसमा कमानसिंह भारती, एकराज आचार्य, गिरीराज सुुबेदी, प्रदिपकुुमार खड्का, बुुद्धिप्रकाश चौधरी, मिनकेतन चौधरी र यज्ञबहादुुर डाँगीेबीच प्रतिस्पर्धा छ ।

त्यसैगरी दुुई सचिव पदका लागि ४ जनाबीच प्रतिस्पर्धा छ। बालिका लम्साल, सूूर्यप्रकाश राना, अर्जुुनकुमार योगी र कृष्णप्रसाद सुुबेदीबीच सचिव पदका लागि प्रतिस्पर्धा छ । यस्तै २ सहसचिव पदका लागि राजुु आचार्य, लक्ष्मि योगी, सुुबोधकुुमार डाँगी र हरिप्रसाद भुुसाल भिड्नुुभएको छ । नेपाली कांग्रेसको जिल्ला कार्य समितिमा ७ पदाधिकारी र ४५ जना सदस्य निर्वाचित हुने छन् । मत परिणाम भने आइतबार सार्वजनिक हुने निर्वाचन कार्य समितिले जनाएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस