नेपाली कांग्रेस : क्षेत्र नम्बर ३ को सभापतिमा खड्का निर्वाचित

दाङ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत दाङ क्षेत्र नं। ३ को संघीय सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन् । यहाँ संस्थापन इतरका खड्काको प्यानल नै निर्वाचित भएको छ । खड्काको यो लगातार तेश्रो जित हो ।
निर्वाचित खड्काले ४ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षधर सुरेन्द्र खड्काले ३ सय ११ प्राप्त गरे । खड्काले सुरेन्द्र खड्का भन्दा १ सय २७ मत बढी प्राप्त गरेका छन । त्यस्तै एकल उम्मेदवार किरण बहादुर शाहले भने ६८ मत मात्रै प्राप्त गरे ।
त्यस्तै सचिव पदमा खड्का प्यालनका शोभाकर सापकोटाले ४ सय ६० र पुर्णबहादुर खत्रीले ४ सय १६ मत प्राप्त गरि निर्वाचित भएका छन । उनीहरूका प्रतिस्पर्धीहरू रवि बुढाथोकीले ३ सय ३५ र भेषराज डाँगीले ३ सय ५ मत प्राप्त गरेका थिए । त्यस्तै सहसचिव पदमा भिमकान्त भट्टराईले ४ सय ४८ र डेफुलाल चौधरी ४३८ मत प्राप्त गरी निर्वाचित भएका छन्।
उनीहरूका प्रतिस्पर्धी भूपबहादुर केसीले ३ सय ७३ र तनुजसिंह ओलीले २ सय ६४ मत प्राप्त गरेका थिए । दाङको निर्वाचन क्षेत्र नं। ३ मा कुल ८ सय ४७ मतदाता मध्य ८ सय ४४ जनाले मतदान गरेका थिए । ३ जना भने मतदानमा अनुपस्थित भएका थिए ।