ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

दाङ । दाङमा ब्राउनसगुरसहित भारतीय नागरिक पक्राउ परेका छन् । लमही नगरपालिका–९ अमिलियास्थित पूर्व–पश्चिम राजमार्गबाटसोमवार साँझ पाँच बजेतिर एक जना भारतीय नागरिकलाई ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बहराईजतहसिल नानपारा घर भएका २८ वर्षीय नाईम रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरिक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाच गर्दा कालो रङको ज्याकेटभित्र पोका बनाई राखेको अवस्थामा लागुऔषध ब्राउनसुगरसहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका नाईमको साथबाट सेतो प्लास्टिकभित्र बेरी राखेको ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ ४५ ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ परेका भारतीय नागरिक नाईममाथि आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस