मुख्यमन्त्री कार्यालयका सल्लाहकारद्वारा राजधानी क्षेत्रको स्थलगत अध्ययन

गढवा । लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका सल्लाहकार अमर बहादुर डाँगीद्वारा मंगलबार राजधानी ब्यवस्थापनका लागि गढवा गाउँपालिका क्षेत्रभित्रका जग्गा अध्ययन तथा अबलोकन गर्ने काम भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादव लगायतको टोलीसंग गढवाका रङसिङ, धोंद्रे, टहडा, कालाकाटे, मलमला, बडहरा पचाहा तथा गोबरडिहामा रहेका सरकारी जग्गाहरुको स्थलगत अध्ययन अबलोकन गरिएको कार्यालयले जनाएको छ । सो क्रममा राप्ती गाउँपालिकाबाट गढवाको गोबरडिहामा स्थानान्तरण हुन थालेको प्राविधिक शिक्षालयका लागि प्रदान गरिएको सरस्वती माबि गोबरडिहाको जग्गा समेतको स्थलगत अबलोकन गरिएको टोलीले जनाएको छ ।

देउखुरी उपत्यकाको भालुबाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएसंगै प्रदेश राजधानी ब्यवस्थापनका लागि कामहरु अगाडी बढाईएको कार्यालयका सल्लाहकार अमर बहादुर डाँगीले जानकारी दिए । राजधानी ब्यवस्थापनका लागि गढवा र राप्ती गाउँपालिका क्षेत्रमा प्रसस्तै जग्गा रहेको पाईएको उनले बताए ।

यसअघि प्रदेश राजधानीका भौतिक संरचनाहरु निर्माणका लागि प्रदेश प्राधीकरण कार्यालयद्वारा कन्सल्टेन्सी परिचालन गरि डिपिआर भै सकेको, कन्सल्टेन्सीले पनि स्थलगत अध्ययन गरिसकेको र कतिपय संरचना बनाउने कामको सुरुवात समेत हुन थालेको उनले जानकारी दिए । डाँगीलगायतको टोलीले गढवा गाउँपालिकाको प्रशासकीय भवन, गढवास्थित सर्पदंश उपचार केन्द्र र देउखुरी सामुदायिक पुस्तकालयको समेत अध्ययन अबलोकन गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस