राष्ट्रियसभाका २० सांसद फागुनमा पदमुक्त हुँदै

काठमाडौं । राष्ट्रियसभाका २० जना सांसदहरुको पदावधि सकिदैछ । यसै वर्षको २० फागुनमा उनीहरुको पदावधि सकिन लागेको हो । रिक्त हुन लागेको पदको चुनावको तयारीमा निर्वाचन आयोग लागिसकेको छ । अबको ३ महिना भित्र रिक्त हुने पदमा चुनाव भइसक्नु पर्ने छ । रिक्त पदमा नेकपा एमालेका ८, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का ४, काँग्रेसका ३ र मनोनित एक छन् ।
एमालेका परशुराम मेघी गुरुङ, कोमल वली, सुमनराज प्याकुरेल, कविता बोगटी, चक्र स्नेही, नैनकला ओझा, रामलखन चमार, अगम वान्तवा राईमो पदावधि सकिदैछ । त्यस्तै माओबादीका दीनानाथ शर्मा, शशिकला दाहाल, जीवन बुढा र खिमकुमार विकको पदावधि सकिदैछ ।
यसैगरी एकीकृत समाजवादीका ठगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, उदया शर्मा पौडेल र शान्तिकुमारी अधिकारी पदावधि सकिदैछ । यसैगरी कांग्रेसका राधेश्याम अधिकारी, दीर्घनारायण पाण्डे र तारादेवी भट्टको पनि पदावधि सकिदैछ । यस्तै मनोनितमा रामनारायण बिडारी रहेका छन् ।