शिक्षालाई डिजिटल प्रविधितर्फ लैजाने गढवाको अभ्यास
दाङ । गढवा गाउँपालिकाले विद्यालय शिक्षलाई डिजिटल प्रविधितर्फ लैजान लुम्बिनी प्रदेशमै पहिलो अभ्यास सुरुवात गरेको छ । शुक्रबार गढवा गाउँपालिका शिक्षा शाखाको आयोजना र प्रज्ञान दृष्टि स्मार्ट एजुकेशन काठमाडोको समन्वय सहकार्यमा अभियान सुरु गर्न शिक्षकहरुलाई अभिमुखिकरण गरिएको छ ।
गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा एक विद्यालय एक डिजिटल लाइबे्ररी सम्बन्धि अभिमुखिकरण आयोजना गरिएको हो । पालिकाभरका १–८ र ९–१२ का बिद्यार्थीहरुलाई मोवाइल र कम्प्युटरबाट पठन–पाठन गर्न गराउन बिद्यालयका प्रअ र कम्प्युटर शिक्षकहरुलाई यो प्रबिधिबारे सिकाई अभ्यास गराइएको शिक्षा प्रमुख श्याम बिकले जानकारी दिए ।
कोभिडलगायत अन्य महामारीको समयमा विद्यार्थीहरु घरमै बसेर डिजिटल प्रबिधिबाट नेपाल सरकारको पाठ्यक्रम अध्ययन गर्न सक्ने प्रविधिको लक्ष्य रहेको प्रज्ञान दृष्टि स्मार्ट एजुकेशन काठमाडौका निर्देशक हेमन्त मिश्रले बताए । यो प्रविधिबाट मोवाइल वा कम्प्युटरमा एप्स डाउनलोड गरि सजिलो र प्रभावकारी ढंगले पढ्न सकिन्छ । नेट इण्टरनेटमा पैसाखर्च पनि हुँदैन । बिना इन्टरनेट मोवाइल र कम्प्युटरमा एप्लीकेशन हालेर पढ्न सकिन्छ मिश्रले भने । लुम्बिनी प्रदेशमा गढवा पहिलो हो, कार्यान्वयन गर्नुस यसको प्रभावकारीता पुर्वि नेपालमा लोकप्रिय बनेको छ–उनले भने ।
नेपाल सरकारको पठ्यक्रममा रहेको कोर्ष घरमै बसेर वा घरबाहिर भएको बेला पनि पढ्न सकिने र त्यसको लागि अनलाइन कक्षामा जस्तो इण्टरनेट र शिक्षक पनि आवश्यक नपर्ने बताइएको छ । कार्यक्रममा बोल्दै बिना इण्टरनेट मोवाईल वा कम्प्युटर प्रबिधिबाट पट्न सकिने यो सिष्टम लुम्बिनी प्रदेशमा गढवाको पहिलो अभ्यास हो–अध्यक्ष सहजराम यादवले भने । गाउँपालिकाले शिक्षा क्षेत्रमा रहेका बिभिन्न समस्या समाधान गर्दै निजी स्रोतका शिक्षक ब्यवस्थापन लगायतका अन्य अभियान पनि सुरु गरेको र अबका दिनमा कोभिड महामारी फैलिएमा यो प्रबिधि सिकाई अभ्यासको सहज बाटो हुने उनले बताए । अभिमुखिकरण कार्यक्रममा उपस्थित बिद्यालयका प्रअहरु त्था कम्प्युटर शिक्षकहरुलाई प्रज्ञानदृष्टि स्मार्ट एजुकेशन काठमाडौका प्राबिधिक विशेषज्ञहरु हेमन्त मिश्र, जिवन क्षेत्री र रमेश जोसिले प्राविधिक सहजीकरण गरेका थिए ।