नेकपा एमालेको १०औँ महाधिवेशन बुटवलमा हुने

काठमाडौं । नेकपा एमालेको १०औँ महाधिवेशन बुटवलमा हुने भएको छ ।

गोदावरीमा चलेको तीन दिने प्रथम विधान महाधिवेशन समापन कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशन बुटवलमा गर्ने घोषणा गरेका हुन् ।

अध्यक्ष ओलीले भने- ‘केही कुराले असर नगरेमा १० औँ महाधिवेशन बुटवलमा गर्नेछौँ ।’

प्रकाशित मिति : २०७८ असोज १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस