राजमोद्वारा गढवामा बिरोधसभा

गढवा । राष्ट्रघाति एमसीसी र संघीयताको बिरोध गर्दै राष्ट्रियताको पक्षमा देशब्यापी आन्दोलन गर्दै आएको राष्ट्रिय जनमोर्चाले शुक्रबार देउखुरीको गढवामा पनि बिरोध प्रदर्शनसहित कोणसभा सम्पन्न गरेको छ ।

राजमो गढवाका अध्यक्ष कपिलदेव खनालको अध्यक्षता र पार्टीका लुम्बिनी प्रदेश सदस्य रेशम बिसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राजमो दाङका सल्लाहकार गुणनिधि शर्मा, अखिल नेपाल महिला संघ दाङका सदस्य उमा पन्थी र राजमो गढवाका इन्चार्ज दिनमणी आचार्यलगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै राजमोका नेता रेशम बिसीले नेपालका लागि एमसीसी संझौता राष्ट्रघाति भएको र संघियता देश थाम्नै नसक्ने घाँडो भएको आरोप लगाए । संघीयताको खारेजी र एमसीसीको बिरोध गर्दै आएको राजमोले देशब्यापि रुपमा यसको बिरुद्ध नेपाली जनतालाई सचेतिकरण गर्दै आइरहेको उनले बताए । राजमो गढवा ६ का अध्यक्ष खुमानन्द पोखे्रलको स्वागत मन्तब्यबाट सुरु भएको बिरोधसभाको संचालन राजमो गढवाका सचिव एवं दाङ जिल्ला सदस्य टुकमान कँवरले गरेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस