कोइलाबासका विद्यार्थीहरुमा छाएको खुसी

 

कोइलाबास । शुक्रबार गढवाको कोइलाबासस्थित खबरीनाकाबाट गाउँपालिकाले डे«स र कापी दिदैछ भनेर हेडसरबाट थाहा पाएका बिद्यार्थीहरु २ घण्टा पैदल हिडेर कोइलाबास आइपुगे । महेन्द्र आधारभूत बिद्यालय कोइलाबासमा आयोजित गाउँपालिकाको शिक्षा शाखाको कार्यक्रममा डे«स र कापी पाउँदा बिद्यार्थीहरु खुसी भएको बताएका छन् ।

दुर्गा प्रावि खबरीनाकाको कक्षा ४ मा अध्ययनरत प्रदिप बुढामगरले आफूभन्दा ठूलो झोला बोकेर कोइलाबास आए । हेडसरले कापी र डे«स पाइन्छ कोइलाबास जाउ भनेपछि आएको हुँ उनले भने । त्यसो त उदय प्रावि मुसीनाकामा कक्षा ४ मा पढ्ने अरुण थापा पनि २ घण्टा पैदल हिडेर कापी र डे«स लिन कोइलाबास आएका थिए । यो वर्ष भर्खरै स्कूल लागेको र बुवाआमाले डे«स नसीलाई दिएको बेला गाउँपालिकाले डे«स दिन थालेकोले यहाँ आएको उनले बताए । पहिलो पटक हाम्रो स्कूलमा परिवर्तन आएको महसुस भयो । आज कापी र डे«स स्कूलमै ल्याएर गाउँपालिकाले बाँड्यो, खुसी लागेको छ महेन्द्र आधारभूत बिद्यालयका अजय सुनारले बताए । मगर, थापा र सुनार जस्तै शुक्रबार कोइलाबासका ३ विद्यालयका विद्यार्थीहरुले टाउकोमा कापी र डे«स बोकेर खुसी हँुदै घरतर्फ लागेको दृश्य देखिन्थ्यो ।

गढवा गाउँपालिकाको शिक्षा शाखाले कोइलाबासको महेन्द्र आधारभूत विद्यालयमा एक कार्यक्रमको आयोजना गरि नाका क्षेत्रका तीन विद्यालयका कक्षा १ देखि ५ सम्मका ७० बढी विद्यार्थीहरुलाई १०÷१० थान कापी र एकजोडी डे«स वितरण गरेको शिक्षा प्रमुख श्याम बिकले जानकारी दिए । महेन्द्र आधारभूत बिद्यलय कोइलाबासका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ध्रुवरत्न तुलाधरको अध्यक्षतामा भएको कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरीले बिद्यार्थीहरुलाई कापी तथा डे«स वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै निम्न आयस्तर भएका नाका क्षेत्रका बिद्यार्थीहरुलाई पढ्ने हौसला प्रदान गर्न गाउँपालिकाले डे«स र कापी वितरण गरेको उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक शान्ती चौधरीले बताइन् । कार्यक्रममा गाउँपालिकाका शिक्षा प्रमुख श्याम बिक, पत्रकार शिबराज पन्थी र महेन्द्र आधारभूत बिद्यालयका शिक्षक दिपेन्द्र खड्कालगायतले बोलेका थिए ।

प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस