रुकुम पूर्वको सभापतिमा रोका सर्वसम्मत निर्वाचित

रुकुम । नेपाली काँग्रेस रुकुम पूर्वको सभापतिमा केशरमान रोका निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट रोका सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन् । रोका यसअघी पनि जिल्ला सभापति थिए ।

सहमति अनुसार रोकालाई पुनः सभापति चयन गरिएको नेपाली काँग्रेस रुकुम पूर्वले जनाएको छ । पूर्व सहायक मन्त्री समेत भइसकेका रोका पुथाउत्तरगंगा गाउँपालिकाका स्थायी बासिन्दा हुन् । उनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।

यस्तै उपसभापतिमा भिमबहादुर खड्का र तेजेन्द्र खाममगरलाई चयन गरिएको छ । खड्का निवर्तमान सचिव हुन् भने खाममगर निवर्तमान उपसभापति हुन् । जिल्ला कार्यसमितिको सचिवममा लोकेन्द्र शाह र हरिबहादुर केसीलाई चयन गरिएको छ । यस्तै धनप्रताव बुढामगर र खडकबहादुर घर्ती सहसचिवममा निर्वाचित भएका छन् ।

जिल्ला कार्यसमितिको सदस्यहरुमा सङगिता बुढामगर, बालकुमारी खड्का (घर्ती), रमुना बिक, भरत घर्तीमगर, दलु बुढा, हुमलाल जैसी, बाबुराम कुँवर, मेखमाला बुढा, बसन्तकुमार बुढा, रामबहादुर नेपाली रहेका छन् ।

प्रकाशित मिति : २०७८ असोज १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस