थप १,५५८ जनामा कोरोना पुष्टि, १,३५१ जना कोरोनामुक्त, १० जनाको मृत्यु

दाङ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १०८६ र एन्टिजेन विधिबाट ४७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा १ हजार ३५१ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ असोज १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस