एमसीसीको बिरुद्धमा दाङको गढवामा राजमोको प्रदर्शन

दाङ । एमसीसी संझौतालाई संसदबाट अनुमोदन गर्न नदिने भन्दै राष्ट्रिय जनमोर्चा दाङले देउखुरीको गढवामा बिरोध प्रदर्शन गरेको छ । एमसिसी सम्झौता नेपालको राष्ट्रियता र सार्बभौमिकताको हित विपरित भएको भन्दै राजमोले देशब्यापी बिरोध गरिरहेको जिल्ला अध्यक्ष गणेश आचार्यले बताए ।

कार्यक्रममा बोल्दै राजमो दाङका अध्यक्ष गणेश आचार्यले अमेरिकी मिलिनियम कर्पोरेशन(एमसिसी) नेपालको राष्ट्रियता माथीको गम्भीर घातक भएको भन्दै यसलाई कुनैपनि हालतमा संसदबाट अनुमोदन गर्न नहुने बताए । इण्डो प्यासिफिक रणनीति अन्तर्गत अमेरीकी सेनाको शैन्य रणनिती एमसीसीसँगै नेपालमा भित्रिने भएकोले यो सम्झौता नेपालको स्वाभिमान बिरुद्धको भएको उनले बताए ।

कार्यक्रममा राजमोको भातृ संगठन अखिल नेपाल युवक संघ दाङका जिल्ला अध्यक्ष चित्र एमसी, राजमो गढवाका अध्यक्ष कपिलदेव खनाल र क्षेत्र नं. १ का सचिव टुकमान कँवर लगायतले बोलेको थिए ।

प्रकाशित मिति : २०७८ भाद्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस