दाङका विभिन्न स्थानमा देखिएको तीजको रमझम फोटो फिचर

दाङ । आज हरितालिका तीज । हिन्दू नेपाली महिलाले विशेष रुपले मनाउँदैछन् । विशेषत यस वर्ष कोरोनाका कारणले ठूलो भिडभाड गरेर नाचगान हुन नसके पनि शिवमन्दिरहरुमा पुगेर महिलाहरुले पुजापाठ भने गरेका छन् । समिति संख्यामा उपस्थित भएर नाचगान पनि गरेर रमाइलो गरेका छन् ।

दाङमा पनि भिडभाड हुने गरी ठूलो नाचगानको कार्यक्रम हुन सकेन । सामान्यतया यसअघिका वर्षहरुमा रमाइलो हुने ठाउँमा सुनसान देखिएको छ । आज दाङका बिभिन्न मन्दिरमा पनि धेरै ठूलो संख्यामा उपस्थिति देखिएको थिएन । केही संख्यामा उपस्थित महिलाहरुले पुजापाठसहित नाँचगान भने गरेका थिए ।

आज यस्तो देखियो मन्दिहरुमा तीजको रमझम

तस्वीर : शरद रेग्मी/नारायण नेपाल

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस