दङ्गाली गीतकार अभि क्षेत्रीको ‘नसोध भो’ सार्वजनिक

‘नसोध भो कस्तो बित्छ दिन, कस्तो बित्छ रात
सम्झनामा तिमी हुन्छांै सिरानीमा पराईको हात’

बिगत लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा कलम चलाउँदै आएका दङ्गाली गीतकार अभि क्षेत्री समर्पणद्वारा रचना गरिएको आधुनिक गजल गीत ‘नसोध भो’ सार्वजनिक भएको छ । एभेरेष्ट ग्यालरीको अफिसियल्ली यूटुभ च्यानलबाट सार्वजनिक भएको उक्त गीतलाई दङ्गाली संगीतकार सन्तोष श्रेष्ठले संगीत दिएका छन् भने गीतलाई गायक प्रबिण बेडवाल र रचना रिमालले स्वर दिएका छन् ।

अकेस्टिक स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको गीतमा राजु कार्कीले एरेन्जर गरेका छन् भने गीतको भिडियोमा मोडल शिल्पा पोख्रेल र कर्ण वली ‘शिशिर’ले अभिनय गरेका छन् । बिद्यमान नेपाली समाजमा प्रेम एउटासँग बिहे अर्काेसँग भईरहेको घटनालाई गीतको भावले ब्याख्या गरेको छ । आफुले चाहेको मान्छे नपाउँदा पराईसँग बिहे गर्ने बाध्यता नेपाली समाजमा अहिले पनि बिद्यमान नै छ ।

गीतले यसरी घरपरिवारले दुई प्रेमीको प्रेमलाई स्वीकार नगरेपछि नचिनेको मान्छे सँग बिहे गर्ने बाध्यता सिर्जना गरेको र पहिलेको मायामा पनि उत्तिकै प्रेम र सम्मान रहने कुरालाई कारूणिक दृश्य मार्फत छर्लङ्ग परिदिएको छ । गीतले माया कहिले नओईलाउने र जहाँ जो सँग आफ्नो प्रेमी वा प्रेमीका भएपनि उसको खुसीका लागि सधै प्रार्थना गरिरहने एउटा प्रेमी प्रेमीकाको कथालाई भिडियो मार्फत प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : २०७८ साउन ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस