सुनको भाउ एक हजार पाँच सय रुपैयाँले घट्यो

काठमाडौ । आज (आइतबार) सुनको भाउ एक हजार पाँच सय रुपैयाँले घटेको छ । शुक्रवार तोलामा ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज (आइतबार) एक हजार पाँच सय रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुनमाभन्दा शेयर बजारमा आकर्षण बढ्दो छ । सुनमा लगानी घट्दा भाउ पनि घट्न पुगेको विश्लेषण गरिएको छ ।

यस्तै, आज (आइतबार) चाँदीको भाउ पनि घटेको छ । चाँदी आज तोलाको १२ सय ४० रुपैयाँ छ । गएको शुक्रबार चाँदी तोलामा १२ सय ६५ रुपैयाँ थियो ।

प्रकाशित मिति : २०७८ साउन २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस