दाङमा थप १५ जनामा कोरोना पुष्टि, १४ जना निको
दाङ । दाङमा आज (आइतबार) थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ५० जनामा गरिएको पिसिआर परिक्षणमा ८ जना पुरुष र ७ जना महिलामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा घोराहीका ९ जना, तुलसीपुरका ४ जना, लमहीका २ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा दाङमा १४ जना कोरोना मुक्त भएका छन् । आज (आइतबार) कोरोना मुक्त हुनेमा सबै घोराहीका रहेका छन् ।
आज (आइतबार) थप भएका १५ जनासहित जिल्लामा सकृय बिरामीको संख्या एक सय ३६ जना पुगेको छ । ति मध्य एक सय १६ जना घरमा, अक्सिजनसहितको उपचारमा १४ जना र आईसियूमा ६ जना रहेको केन्द्रले जनाएको छ । बैशाख यता दाङमा ८ हजार ४ सय ५५ जनामा कोरोना देखिएको छ । ति मध्य ८ हजार १ सय ११ जना निको भएका छन् । त्यसैगरी २ सय ८ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।