दाङमा आज थप २२ जनामा कोरोना पुष्टि, ११ जना निको

दाङ । दाङमा आज (बिहीबार) थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ८० जनामा गरिएको पिसिआर जाँचमा १२ जना महिला र १० जना पुरुष गरि २२ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा घोराहीका १७, तुलसीपुरका, राप्ती, राजपुर, बङगाचुली र बवईका १÷१ जनामा कोरोना पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ । आज कोरोना मुक्त हुनेको संख्या ११ रहेको छ । मुक्त हुने सबै घोराहीका रहेका छन् । आज थप भएका २२ जनासहित जिल्लामा सकृय बिरामीको संख्या एक सय १२ जना पुगेको छ ।

ति मध्य एक सय ८८ जना घरमा, अक्सिजनसहितको उपचारमा १६ जना र आईसियूमा ८ जना रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । बैशाख यता दाङमा ८ हजार ३ सय ३४ जनामा कोरोना देखिएको छ । ति मध्य ८ हजार १५ जना निको भएका छन् भने २ सय ७ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २०७८ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस