डोटीको शिखर नगरपालिकामा आँप प्रदर्शनी

डोटी । डोटीको शिखर नगरपालिका वडा न २ मुडेगाउ, कालागाडमा आँप प्रदर्शनी गरिएको छ । नगरपालिकाका विभिन्न गाउँमा किसानले उत्पादन गरेका आँप प्रदर्शनीमा राखियको छ ।

आँप उत्पादनको पकेट क्षेत्र मानिय पनि पोहर साल र यो साल कोरोना महामारिले गर्दा लकडाउन गरिए पछि किसानले उत्पादन गरेका आँप बारिमै कुहिने अवस्था आएको किसानहरुले गुनासो गरेका छ्न । यहाँ उत्पादन गरिका आँप डोटीको मुख्य ब्यापारिक केन्द्र दिपायल, सिलगढि गोपघाट, बान्डुरिसैन लगायतका क्षेत्रमा बिक्रि हुँदै आएका छन ।

किसानले उत्पादन गरेका आँप लाई उचित मूल्य सहित बजार ब्यवस्थापनको लागि आफुले सक्दो प्रयास गरिरहेको र आगामी दिनमा पनि किसानको पिरमार्का बुझेर काम गर्ने शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले बताए ।

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस