बैंकहरुमा जेष्ठ नागरिकहरुको भिडभाड (फोटो फिचर)

दाङ । दाङ जिल्ला कोरोना संक्रमणको अति प्रभावित जिल्लामा पर्दछ । तर, तुलसीपुर बजारका विभिन्न बैंकहरुमा जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ता लिनको लागि संयौँको संख्यामा आएका हुन्छन् ।
तुलसीपुर उपमहानगरपालिकामा आज सोमबारसम्म पछिल्लो समय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
एकातिर स्वास्थ्यकर्मीहरुले जिल्लामा आम नागरिकहरुले स्वास्थ्य मापदण्ड पालना नगर्दा र कोरोना विशेष अस्पतालमा बेडको अभाव हुँदा संक्रमण दर बढेमा विकराल अवस्था सृजना हुने भन्दै चिन्ता गरिरहेको अवस्थामा जेष्ठ नागरिकहरु भत्ता लिनको लागि बिहानदेखि बैंकमा भिडभाड गर्दा झनै अवस्था खतराहरु स्थानीयहरुको भनाइ छ ।





प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस