अपांगता भएका ब्यक्तीहरुलाई बाख्रा वितरण

डोटी । डोटीको बडिकेदार गाउँपालिकामा अपांगता भएका ब्यक्तीहरुलाई बाख्रा वितरण गरिएको छ । बडिकेदार गाउँपालिकाको लक्षित बर्ग जिबिको पार्जन कार्यक्रम अन्तरगत बाख्रा बितरण गरिएको हो । बडिकेदार गाउँपालिकाको आर्थिक सहयोग र मोहन्याल दृष्टि बिहीन तथा अपांग सेवा समाज बडिकेदारको आयोजनामा बाख्रा बितरण गरिएको हो ।
बडिकेदार गाउँपालिका भित्र रहेका पाँचवटै वडाका २७ जना अपांगता भएका ब्यक्तिहरुलाई एक÷एकवटा बाख्रा वितरण गरेको हो ।

अपांगता भएका ब्यक्तिहरुलाई केही हदसम्म भए पनि जिबिको पार्जन गर्न सहयोग हुने र बाख्रालाई घरमै राखेर पनि पाल्न सकिने भएकोले बाख्रा बितरण गरिएको बडिकेदार गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा भाटले बताइन् ।

प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस