आज एनपीएलमा: विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुदैछन् । आज पहिलो खेल अपराहन्न साढे १२ बजे बिराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुँदै छ ।

जारी प्रतियोगितामा विराटनगर किंग्सले एक जित र २ हार बेहोरेको छ भने जनकपुरले ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।

त्यसैगरी आज दोस्रो खेल साँझ ५ बजेदेखि लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुदैछ । लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक खेल बर्षाले रद्ध हुदा अंक बाँडेको छ भने पोखरा एभेन्जर्सले आफ्ना शुरुवाती दुवै खेलमा हार बेहोरेको छ ।

प्रकाशित मिति : २०८३ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस