दुई हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडौं । सोलुखुम्बुको फेरिचेमा मंगलबार बिहान दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचे हेलिप्याडमा फिस्टेल एयर र एयर डाइनेस्टीका हेलिकोप्टर ठोक्किएका हुन्।

प्रहरीका अनुसार हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टरबीच ठक्कर भएको थियो।

दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। अर्का एक जना घाइते भएका छन्।

घाइतेको हेलिकोप्टरमार्फत उद्धार गरिएको जनाइएको छ।

दुर्घटनाको कारण तथा अन्य विस्तृत विवरण आउन बाँकी छ। घटनाबारे सम्बन्धित निकायबाट थप जानकारी संकलन भइरहेको छ।

प्रकाशित मिति : २०८३ कार्तिक १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस