बस र ट्रक ठोक्किँदा बस चालकको ज्यान गयो, केही घाइते
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा बस र ट्रक एकआपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ ।
शुक्रबार बिहान दाङ–कपिलवस्तु सीमा क्षेत्रमा पर्ने चोरखोलामा ना।६ प ३३३३ नम्बरको ट्रक र लु।प्र।०३–००१ ख ००९९ नम्बरको बस एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा गम्भीर घाइते भएका बस चालक ३४ वर्षीय सुमन खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य केही व्यक्ति घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि चन्द्रौटा लगिएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : २०८३ असोज १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

