भीषण वर्षाको सम्भावना भएका ठाउँमा असोज ८ र ९ गते विद्यालय बिदा गर्न अनुरोध

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले भीषण वर्षा तथा सम्भावित विपद्लाई ध्यानमा राख्दै असोज ८ र ९ गते स्थानीय तहसँगको समन्वयमा आवश्यकतानुसार विद्यालय बिदा गर्न अनुरोध गरेको छ।

मन्त्रालयले शिक्षा विकास तथा समन्वय एकाइलाई पठाएको पत्रमा असोज ९ देखि ११ गतेसम्म विभिन्न ठाउँमा भीषण वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हावाहुरी र चट्याङको सम्भावना रहेको जनाएको छ।

त्यसैगरी शिक्षा मन्त्रालयले विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायलाई असोज ९ देखि ११ गतेसम्म तोकिएका परीक्षा आवश्यकतानुसार स्थगित गर्न आग्रह गरेको छ।

मन्त्रालयले सुरक्षित विद्यालय भवनलाई आवश्यक परेमा अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न स्थानीय तहलाई सहजीकरण गर्न तथा अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी र पहिरोको जोखिम भएका ठाउँमा जान नदिन आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस