राष्ट्रपति पौडेलले फिर्ता गरेको संवैधानिक परिषदसम्बन्धि अध्यादेश पुन: सिफारिस

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेको संबैधानिक परिषदसम्बन्धि अध्यादेश जारी गर्न पुन: सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले आज बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्दै यसअघि जारी गर्न सिफारिस गरेको संबैधानिक परिषद सम्बन्धि अध्यादेशनै सिफारिश गरिएको जानकारी दिएका छन् ।

आइतबार राष्ट्रपति पौडेलले यसअघि पनि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गरेकै कारण देखाएर अहिले पनि फिर्ता गरेका थिए ।

सरकारले संबैधानिक परिषदमा प्रधानमन्त्रीसहित तीन जनाको उपस्थितिमा निर्णय गर्नसक्ने व्यवस्था गरेर अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

प्रकाशित मिति : २०८३ बैशाख २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस