लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग ९एनपीएल०को दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सले जितेको छ। योसँगै सुदूरपश्चिम रोयल्स भने लगातार फाइनल पुगेर पनि उपविजेतामै चित्त बुझाउन बाध्य भएको छ।
टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले सबै विकेट गुमाएर ८५ रन मात्र जोडेको थियो। ८६ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको लुम्बिनीले नवौँ ओभरमा ४ विकेट गुमाएर लक्ष पूरा गर्यो। योसँगै लुम्बिनीले ६ विकेटकको शानदार जित निकाल्दै उपाधि जित्न सफल भएको हाे।
लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले विस्फोटक ब्याटिङ गर्दे १३ बलमा ४२ रनको पारी खेले। अर्का ओपनर डार्सी शटले १३ बलमा १४ रनको योगदान गरे भने नटआउट रहेका निरोशन डिकवेलाले १२ बलमा ११ रन बनाए।
त्यसैगरी कप्तान रोहित पौडेलले १२ बलमा १६ रन बनाए भने सन्दिप जोरा शून्य रनमा आउट भए। लुम्बिनीका लागि अर्का नटआउट दिलिप नाथले १ रन बनाए। लुम्बिनीले २ अतिरिक्त रन पाएको थियो।
बलिङतर्फ सुदूरपश्चिम राेयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए। सुदूरका लागि हेमन्त धामीको नाममा २ र अविनाश बोहराको नाममा १ विकेट रह्यो।
फाइनलमा खराब प्रदर्शनले गुम्यो सुदुरकाे उपाधि जित्ने अवसर:
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेकाे सुदूरपश्चिम राेयल्स ४ बलअगावै ८५ रनमा अलआउट भयो। याे याेगफल जारी एनपीएलमा बनेको यो सबैभन्दा कम योगफल हो।
लिग चरण देखिने उत्कृष्ठ खेल पस्केकाे सुदुरपश्चिम लिग चरणका सात खेल मध्य छ खेल जितेर क्वालिफायर खेलेकाे थियाे । फाइनल खेल भने उसका लागि निकै खराब रह्याे ।
लगातार दोस्रो पटक उपाधि नजिक पुगेको पनि सुदूरपश्चिम उपाधि उचाल्न भने पाएन। फाइनल खेलमा सुदूरपश्चिमकाे सिजनकै खराब प्रदर्शन रह्ये। सुदूरपश्चिमले पावर प्लेमा ३ विकेट गुमाएर मात्र २० रन जाेड्याे । सुदूरपश्चिमकाे इनिङ धरासायी बनाउदै कम स्कोरमा रोक्न लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिए।
रोहितले एघारौँ ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीलाई १३ रनमा रुबेन ट्रम्पलम्यानको हातबाट क्याच आउट गराए भने साेही ओभरको पाँचौँ बलमा दीपक बोहोरालाई शून्य रनमा नै सन्दीप जोराको हातबाट क्याच आउट गराउन सफल भए। अन्तिम बलमा पुनित मेहरालाई शून्य रनमा एलबीडब्लु धरापमा पार्दै उनले ह्याट्रिक विकेट लिए।
जारी एनपीएलमा ह्याट्रिक विकेट लिने रोहित दोस्रो खेलाडी हुन्। यसअघि काठमाडौंका साहब आलमले पोखरा एभेन्जर्सविरुद्धको खेलमा ह्याट्रिकसहित ६ विकेट लिएका थिए।
खेलमा शेर मल्लले तीन विकेट आफ्नो नाममा पारे। उनले सुदूरपश्चिमका आरिफ शेख, हरमित सिंह र ईशान पाण्डेलाई आउट गरे। त्यस्तै रुवेनले तिन विकेट आफ्नो नाममा गरे। रुवेनले पहिलो ओभरको अन्तिम बलमा ओपनर विनोद भण्डारीलाई शुन्य रनमा नै पेभेलियनको बाटो देखाए। तेस्रो ओभरको तेस्रो बलमा सेल्डन ज्याक्सनलाई एक रन बनाउँदा एलबीडब्लू धरापमा पारे। तिलक भण्डारीले एक विकेट झारे।
सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले ५१ बलमा १ चौका सहयोगमा बनाएको ३३ रन नै सर्वाधिक रह्यो। कप्तान ऐरीले १३ र हरमित सिंह र स्कट कुग्लेजिनले समान १० रन थपे। अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

